Luke 1:59 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
बालक आठ दिन पुगेपछि उनको शरीरको खतना गर्न तिनीहरू जम्‍मा भए। तिनीहरूले बुबाको जस्‍तै छोराको नाउँ पनि जकरिया राख्‍न लागेका थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
आठौँ दिनमा तिनीहरू बालकलाई खतना गर्न आए, र त्‍यसको नाउँ त्‍यसका बाबुको नाउँजस्‍तै जकरिया राख्‍न लागेका थिए,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
आठौँ दिनमा तिनीहरू बालकलाई खतना गर्न आए, र तिनीहरूले बालकको नाम उसको बुबाझैँ जकरिया राख्न लागेका थिए।
Nepali ERV (पवित्र बाइबल)
बालक आठ दिनको भएपछि तिनीहरू उसको खतना गर्न आए। तिनीहरूले उसको नाउँ जकरिया राख्न चाहान्थे किनभने यो उसकै बाबूको नाउँ थियो।
Nepali Tamang 2011
कोला न्‍हसी भ्रेःरे तमाहेन्‍से थेनीगदे थे कोलाला खतना लबारी खजी। ओच्‍छे थेनीगदेसे थे कोलाला मिन थेला आबाला ह्रङ्‌बान जकरिया थान्‍बारी छ्‌याइजी,