Luke 1:66 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यस्तो चर्चा सुन्ने जति सबैले मनमनै भने, “यो बालक पछि कस्तो हुने होला?” किनभने प्रभु परमेश्वरको शक्ति उनीमाथि परेको थियो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यी कुरा सुन्नेहरू सबैले यो बालक पछि कस्तो हुन्छ होला भनी आफ्ना मनमा गुने। किनकि परमप्रभुको बाहुली त्यसमाथि थियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यी कुरा सुन्नेहरू सबैले “यो बालक अब कस्तो होला?” भन्दै विचार गर्न लागे। किनकि प्रभुको बाहुली तिनीमाथि थियो।
Nepali ERV (पवित्र बाइबल)
जम्मै मानिसहरू ज-जसले यी कुराहरू सुने तिनीहरू निकै प्रभावित भए “यो केटो पछि के बनिन्छ होला भनेर सोच्न थाले?” परमप्रभु त्यस बालकसित हुनाले त्यस्तो सोचिएको थियो। जकरियाद्वारा परमेश्वरको प्रशंसा
Nepali Tamang 2011
चु ताम थेःबा जति जम्मासेन “लिच्छा चु कोला खाह्रङ्बा तला” भिसी ह्राङ ह्राङला सेमरी म्हन्जी। तिग्दा भिसम थे कोलादेन छ्याम परमेश्वर मुबा।