Luke 10:1 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यसपछि प्रभु येशूले अरू बहत्तर जना मानिसहरूलाई छान्नुभयो। तिनीहरूलाई दुई-दुई गरी आफू जान लाग्नुभएका गाउँ र सहरतिर आफूभन्दा अगाडि पठाउँदै भन्नुभयो,
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसपछि प्रभुले अरू सत्तरी जनालाई नियुक्त गर्नुभयो, र आफू जान लाग्नुभएको हरेक सहर र गाउँमा आफूभन्दा अगाडि तिनीहरूलाई दुई-दुई जना गरी पठाउनुभयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसपछि प्रभुले अरू बहत्तर जनालाई नियुक्त गर्नुभयो। तिनीहरूलाई आफू जान लाग्नुभएको हरेक सहर र ठाउँमा दुई-दुई जना गरी आफूभन्दा अगि पठाउनुभयो।
Nepali ERV (पवित्र बाइबल)
त्यसपछि, प्रभु येशूले 72 जना मानिसहरूलाई छान्नु भयो। उहाँले तिनीहरूलाई दुई दुई जनाको दल बनाई आफू जुन जुन शहर र ठाउँहरू जान चाहनुहुन्थ्यो ती ठाउँहरूमा आफ्नो अगुवा बनाई पठाउनु भयो।
Nepali Tamang 2011
जमाहेन्से येशूसे स्य्हान्दो बोगल सोमसे च्युइ चेलागदेदा धम्जी। ओच्छे ह्राङ फेप्बारी छ्याइबा नाम्सादेन शहररी ह्राङ फेप्बा भन्दा ङाच्छा थेनीगदेदा गोर न्ही न्ही लसी पुइजी।