Luke 10:11 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
‘हामीले तिमीहरूका सहरको धुलोसमेत तिमीहरूको विरुद्धमा हाम्रो खुट्टाबाट पुछ्तै छौं। तर तिमीहरूलाई थाहा होस्, परमेश्‍वरको राज्‍य आइसक्‍न लागेको छ’ भनेर ती मानिसहरूलाई सुनाओ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
‘हाम्रा खुट्टामा टाँसिएको तिमीहरूका सहरको धूलोसमेत हामी तिमीहरूका विरुद्धमा टकटक्‍याउँछौं। तापनि यो जान, कि परमेश्‍वरको राज्‍य नजिकै आइपुगेको छ।’
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
‘हाम्रा पैतालामा टाँसिएका तिमीहरूको सहरको धुलोसम्म पनि तिमीहरूको विरुद्धमा टक्टक्याउँछौँ; तापनि यो निश्‍चय जान: परमेश्‍वरको राज्य नजिकै आइपुगेको छ।’
Nepali ERV (पवित्र बाइबल)
तिमीहरूको विरोधमा हाम्रा पइतालामा टाँसिएको तिम्रो शहरको धूलो समेत टक्टकाएर जाँदैछौ। तर यो याद राख्नु परमेश्वरको राज्य नजिकै आएको छ।’
Nepali Tamang 2011
‘ङन्‍से ङन्‍ना काङरी भेर्बा एनीगदेला नाम्‍साला धुलु सुत्तै एनीगदेलान नाम्‍सारी खर्बा मुला। तिग्‍दा भिसम ङन्‍से पाङ्बा ताम एनीगदेसे आङ्‌यान्‍नी। तर च्‍यागो, परमेश्‍वरला य्‍हुल्‍सा खसी जिन्‍बा मुला भिबा एनीगदेसे था याङ्‍गो’ भिसी थेनीगदेदा पाङ्‍गो।