Luke 10:13 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“हे खोराजीन र बेथसेदाका मानिसहरू हो, धिक्कार तिमीहरूलाई! तिमीहरूको बीचमा गरिएका अचम्मका कामहरू टुरोस र सीदोन सहरमा गरिएको भए त्यहाँका मानिसहरूले धेरै अघि नै आ-आफ्ना पापलाई मानेर छोड्नेथिए अनि पाप मानिलिएको देखाउन बोराको लुगा लगाएर खरानी घस्नेथिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“धिक्कार तँलाई, खोराजीन! धिक्कार तँलाई, बेथसेदा! किनकि तिमीहरूमा भएका सामर्थ्यका काम टुरोस र सीदोनमा गरिएको भएदेखि तिनीहरूले अघि नै भाङ्ग्रा लाएर खरानीमा बसी पश्चात्ताप गर्नेथिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“धिक्कार, तँलाई, हे खोराजिन! धिक्कार, तँलाई, हे बेथसेदा! यदि तिमीहरूमा गरिएका अचम्मका कामहरू टायर र सीदोनका मुलुकहरूमा गरिएका भए त्यहाँका मानिसहरूले धेरै पहिले भाङ्ग्रा ओढेर खरानीमा बसी पश्चात्ताप गर्नेथिए।
Nepali ERV (पवित्र बाइबल)
“ए खोराजिन! तँलाई धिक्कार छ! ए बेत्सैदा! तँलाई धिक्कार छ। मैले तिमीहरूमा धेरै चमत्कारहरू गरें। यदि त्यही चमत्कारहरू टायर र सीदोनमा गरिएको भए, त्यहाँका मानिसहरूले आफ्नो जीवनशैली अघि नै परिवर्तन गरिसकेका हुन्थे। अनि तिनीहरूले पाप गर्न छोडिसकेका हुन्थे। तिनीहरूले अघि नै शरीरमा भाँग्रा लगाएर र खरानी धसेर आफ्नो पापहरूको निम्ति पश्चात गरी सकेका हुन्थे।
Nepali Tamang 2011
“खोराजीनदेन बेथसेदाला म्हिगदे, एनीगदेसे परमेश्वरग्याम सजाय याङ्ला। तिग्दा भिसम एनीगदेला नाम्सारी लबा ह्रङ्बा उदेकला गेगदे टुरोसदेन सीदोन शहररी लबा हिन्सम ओन्मान थेनीगदेसे बोरा क्वान्सी मेफ्रा फोर्सी ह्राङ ह्राङला पाप ख्लासी परमेश्वरपट्टि दोःसेला मुबा