Luke 10:16 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
येशूले चेलाहरूलाई भन्नुभयो, “तिमीहरूका कुरा सुन्नेले मेरै कुरा सुन्छन्। तिमीहरूलाई नमान्नेले मलाई नै मान्दैनन् अनि मलाई नमान्नेले मलाई पठाउनुहुने परमेश्वरलाई नै मान्दैनन्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“जसले तिमीहरूका कुरा सुन्छ, त्यसले मेरो कुरा सुन्छ। जसले तिमीहरूलाई अस्वीकार गर्दछ, त्यसले मलाई अस्वीकार गर्दछ, र जसले मलाई अस्वीकार गर्दछ, त्यसले मलाई पठाउनुहुनेलाई अस्वीकार गर्दछ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“जसले तिमीहरूका कुरा सुन्छ, त्यसले मेरै कुरा सुनेको हुन्छ। जसले तिमीहरूलाई अस्वीकार गर्छ; त्यसले मलाई नै अस्वीकार गरेको हुन्छ; तर जसले मलाई अस्वीकार गर्छ, त्यसले मलाई पठाउनुहुनेलाई पनि अस्वीकार गरेको हुन्छ।”
Nepali ERV (पवित्र बाइबल)
“उ जसले तिमीलाई सुन्छ भने मलाई सुनेको हुन्छ।तर उ जसले तीमीलाई अस्वीकार गर्छ, मलाइ ग्रहण गर्न अस्वीकार गरेको हुन्छ। अनि जसले मलाई ग्रहण गर्न अस्वीकार गर्छ, त्यसले उहाँ एक जसले मलाई पठाउन भयो, उहाँलाई अस्वीकार गरेको हुन्छ।”
Nepali Tamang 2011
येशूसे ह्राङला चेलागदेदा “एनीगदेला ताम ङ्यान्बासे ङाला तामदाएनोन ङ्यान्ना, एनीगदेला ताम आङ्यान्बासे ङाला तामएनोन आङ्यान। ओच्छे ङाला ताम आङ्यान्बासे ङादा पुइखबाला तामएनोन आङ्यान” भिसी सुङ्जी।