Luke 10:22 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“मेरा पिताले मलाई सबै कुरा जिम्मा दिनुभएको छ। पिताले बाहेक म पुत्रलाई कसैले चिन्दैन। त्यस्तै पुत्र र उसले चिनाएका मानिसहरूले बाहेक अरू कसैले पितालाई चिन्दैनन्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“मेरा पिताले सबै थोक मलाई सुम्पिदिनुभएको छ। पुत्र को हो भनी पिताबाहेक कसैले जान्दैन। पिता को हुनुहुन्छ भनी पुत्रले बाहेक, र पुत्रले उहाँलाई जसकहाँ प्रकट गर्ने इच्छा गर्दछ, त्यसले बाहेक अरू कसैले जान्दैन।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“मेरा पिताले सबै थोकहरू मलाई सुम्पिदिनुभएको छ। पुत्र को हो भनी पिताले बाहेक कसैले जान्दैन। अनि पिता को हो भनी पुत्रले र जस-जसकहाँ उहाँलाई प्रकट गरिदिने इच्छा गर्दछ, त्यसले बाहेक अरू कसैले चिन्दैन।”
Nepali ERV (पवित्र बाइबल)
“मेरा पिताले मलाई सब थोकहरू दिनुभएकोछ। कसैले जान्दैन कि पुत्र को हो-केवल पिताले मात्र जान्नुहुन्छ। अनि पिता को हुन, कसैले जान्दैन केवल पुत्रलाई मात्र थाहा छ। मानिसहरूमा पितालाई तिनीहरूले जान्दछन् जसलाई पुत्रले बताउन खोजोको छ।”
Nepali Tamang 2011
“ङाला आबासे ङादा जम्मान स्हे जिम्मा पिन्बा मुला। ओच्छे ङा खाल भिसी ङाला आबादा बाहेक स्य्हान्दो खालैदा था आरे। थेह्रङ् लसीन आबा खाल भिसी झादेन झासे आबादा ङोसेना लबा म्हिगदेसे बाहेक स्य्हान्दो खालैदान आबा खाल हिन्ना भिसी था आरे।”