Luke 10:27 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उनले भने, “तैँले परमप्रभु आफ्‍ना परमेश्‍वरलाई आफ्‍नो पूरै हृदय, पूरै प्राण, पूरै शक्ति र पूरै मनले प्रेम गर अनि आफ्‍नो छिमेकीलाई आफैंलाई जस्‍तै प्रेम गर।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनले भने, “तैंले परमप्रभु, आफ्‍ना परमेश्‍वरलाई आफ्‍नो सारा हृदयले, आफ्‍नो सारा प्राणले, आफ्‍नो सारा समझले र आफ्‍नो सारा मनले प्रेम गर्, र आफ्‍नो छिमेकीलाई आफैलाई झैँ प्रेम गर्‌।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब तिनले जवाफ दिए: “ ‘परमप्रभु तिमीहरूका परमेश्‍वरलाई तिमीहरूका सम्पूर्ण हृदयले, सम्पूर्ण प्राणले, सम्पूर्ण बलले र सम्पूर्ण मनले प्रेम गर,’ र ‘आफ्नो छिमेकीलाई आफैँलाई झैँ प्रेम गर।’ ”
Nepali ERV (पवित्र बाइबल)
त्यस मानिसले भन्यो, “तिमीले परमप्रभु तिम्रो परमेश्वरलाई आफ्नो सारा हृदय, सारा आत्मा सारा शक्ति अनि सारा मनबाट प्रेम गर्नु पर्छ। अनि तिमीले आफैलाई जस्तो अरू मानिसहरूलाई पनि प्रेम गर्नुपर्छ।’ “
Nepali Tamang 2011
जमाहेन्‍से थेसे येशूदा “ह्राङला सेमहेन्‍सेन, ह्राङला प्राणसे, ह्राङला बुद्धिसे ओच्‍छे ह्राङला शक्तिसे एसे परमप्रभु ह्राङला परमेश्‍वरदा माया लउ। ओच्‍छे एसे ह्राङला खिम्‍जेमदा ह्राङदा ह्रङ्नोन माया लउ” भिसी भ्रिबा मुला।