Luke 10:30 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
येशूले उनलाई जवाफ दिनुभयो, “कुनै एक जना मानिस यरूशलेमबाट यरीहो सहरतिर ओर्लंदै थियो। बाटोमा त्‍यसलाई डाकुहरूले समातेर नाङ्गो पारेर पिटे र अधमरो बनाएर छाडिदिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
येशूले जवाफ दिनुभयो, “एक जना मानिस यरूशलेमबाट यरीहोतिर जाँदैथियो। त्‍यो डाँकूहरूको फेला पर्‍यो। तिनीहरूले त्‍यसलाई नाङ्गै पारेर पिटे, र अधमरो पारी छोड़ेर गए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जवाफमा येशूले भन्‍नुभयो: “एक जना मानिस यरूशलेमबाट यरीहोतिर ओर्लंदैथियो। त्यो डाँकुहरूको फेला पर्‍यो। तिनीहरूले त्यसलाई नाङ्गै पारे, पिटे र अधमरो बनाएर छोडेर गए।
Nepali ERV (पवित्र बाइबल)
यसको उत्तर येशूले भन्नुभयो, “एकजना मानिस यरूशलेमदेखि यरिको गइरहेको थियो। केही डाँकूहरूले तिनलाई घेरे। तिनीहरूले तिनको लुगा च्याते अनि कुटे। त्यसपछि त्यो मानिसलाई त्यहीं भुँईमा लडाएर छोडिराखे। त्यो मानिस प्रायः मरिसकेको थियो।
Nepali Tamang 2011
जमाहेन्‍से येशूसे थेदा चुह्रङ् भिसी सुङ्जी, “च्‍यागो, म्‍हि गिक यरूशलेमग्‍याम यरीहो भिबा ग्‍लापट्टि निबान लमा थेदा य्‍होगदेसे स्‍याप्‍सी लिगन्‍डीन लसी सिबाधोनान तोजी।