Luke 10:34 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
र उनी त्यसकहाँ गए। उनले त्यसको घाउमा जैतुनको तेल र अङ्गुरको मद्य लगाइदिए अनि पट्टी बाँधिदिए। त्यसपछि उनले घाइते मान्छेलाई आफ्नो गधामा चढाएर एउटा सानो पाटीमा पुर्याए अनि रातभरि आफैंले त्यसको स्याहार-सुसार गरे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
र त्यसकहाँ गएर तेल र दाखमद्य लगाएर त्यसका घाउहरूमा पट्टी बाँधिदियो, र आफ्नै गधामाथि चढ़ाएर त्यसलाई एउटा पौवामा ल्याई त्यसको हेरचाह गर्यो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि त्यो सामरी त्यसकहाँ गएर त्यसको घाउमा तेल र दाखमद्य लगाएर पट्टी बाँधिदियो। त्यसपछि उसले त्यस मानिसलाई आफ्नै गधामा चढाएर पौवामा लग्यो र त्यसको हेरचाह गर्यो।
Nepali ERV (पवित्र बाइबल)
सामरी त्यस मानिस भएकहाँ गए अनि जैतूनको तेल र दाखरस लगाएर उसको चोटहरूमा पट्टि बाँधिदिए। तब तिनले त्यो घाइते मानिसलाई गधामा चढाए अनि एउटा पौवामा लिएर गए। त्यस मानिसको स्याहार गरे।
Nepali Tamang 2011
जमाहेन्से थे सिबा तेबान तबा म्हि मुबा ग्लारी निसी थेसे थे म्हिला पोरगदेरी छ्युगुदेन अङगुरला निङगु फोर्सी क्वानगेनसे खीजी। ओच्छे थेसे थे म्हिदा ह्राङलान गधाथोरी थान्सी म्हिगदे बास चिबा पाटी गिकरी भोर्सी म्हुन गिक ह्राङसेन थे म्हिला सयार लजी।