Luke 11:1 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
एकपल्ट कुनै एक ठाउँमा प्रभु येशू प्रार्थना गरिरहनुभएको थियो। प्रार्थना गरिसक्नुभएपछि उहाँका एउटा चेलाले भने, “प्रभु, यूहन्नाले आफ्ना चेलाहरूलाई प्रार्थना गर्न सिकाएजस्तै हामीलाई पनि सिकाउनुहोस्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उहाँ कुनै एक ठाउँमा प्रार्थना गरिरहनुभएको थियो। उहाँले प्रार्थना गरिसक्नुभएपछि चेलाहरूमध्ये एक जनाले उहाँलाई भने, “हे प्रभु, यूहन्नाले आफ्ना चेलाहरूलाई सिकाएझैँ हामीलाई पनि प्रार्थना गर्न सिकाउनुहोस्।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
एक दिन येशू कुनै ठाउँमा प्रार्थना गरिरहनुभएको थियो। उहाँले प्रार्थना गरिसक्नुभएपछि उहाँका चेलाहरूमध्ये एक जनाले उहाँलाई भने, “प्रभु, यूहन्नाले आफ्ना चेलाहरूलाई सिकाएझैँ हामीलाई पनि प्रार्थना गर्न सिकाउनुहोस्।”
Nepali ERV (पवित्र बाइबल)
एक समय येशू कुनै एक ठाउँमा प्रार्थना गरिरहनु भएको थियो। जब प्रार्थना गरी सक्नु भयो, उहाँको चेलाहरू मध्ये एकजनाले उहाँलाई भने, “यूहन्नाले आफ्ना चेलाहरूलाई प्रार्थना कसरी गर्नु पर्छ सिकाए। हे प्रभु हामीले पनि प्रार्थना गर्नुपर्छ, सिकाउनुहोस्।”
Nepali Tamang 2011
तिरेकुनु येशूसे ग्ला गिकरी प्रार्थना लबान मुबा। येशूसे प्रार्थना लसी जिन्माहेन्से थेला चेला गिकसे “प्रभु, यूहन्नासे ह्राङला चेलागदेदा प्रार्थना लबारी लोप्सी पिन्बा ह्रङ् लसी ङन्दाएनोन प्रार्थना लबारी लोप्सी पिन्गो” भिसी भिमा,