Luke 11:14 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
एक जना मानिसलाई भूतले लाटो बनाएको थियो। अनि येशूले उसभित्र भएको भूत निकालेपछि त्‍यो मानिस बोल्‍न थाल्‍यो। यो देखेर मानिसहरू छक्‍कै परे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उहाँले एउटा भूत निकालिरहनुभएको थियो, जो गूँगो थियो। भूत निस्‍केपछि त्‍यो गूँगो मान्‍छे बोल्‍न थाल्‍यो, र मानिसहरू आश्‍चर्यचकित भए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
एक दिन येशूले एउटा लाटो व्यक्तिबाट भूतआत्मा निकालिरहनुभएको थियो। भूतआत्मा निस्केपछि त्यो मानिस बोल्न थाल्यो। यो देखेर भीड छक्‍क पर्‍यो।
Nepali ERV (पवित्र बाइबल)
कुनै समयमा एकजना मानिसबाट येशूले लाटा बनाउने भूत निकाली दिनुभयो। जब त्यो भूत बाहिर निस्कयो, त्यो मानिस बोल्नु सक्ने भयो। मानिसहरू छक्क परे।
Nepali Tamang 2011
येशूसे म्‍हङसे स्‍याप्‍सी ताइ दोबा म्‍हिला ल्‍हुइग्‍याम थे ताइ दोना लबा म्‍हङ ताप्‍जी। जमाहेन्‍से थे म्‍हिसे ताम पाङ्‌बारी छ्‌याइबा म्राङ्सी थेरी मुबा म्‍हिगदे उदेक तजी।