Luke 11:24 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“कुनै मानिसबाट भूत निकालेपछि त्‍यो भूत उजाड-स्थानमा चारैतिर गएर आरामसँग बस्‍ने ठाउँ खोज्‍दै हिँड्छ। यस्‍तो ठाउँ कतै पनि नपाउँदा ‘पहिले बसेकै घरमा नै जानुपर्‍यो’ भनेर त्‍यो फर्कन्‍छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“जब अशुद्ध आत्‍मा मानिसबाट निस्‍केर जान्‍छ, तब त्‍यो ओबानो ठाउँ हुँदो विश्राम खोज्‍न जान्‍छ, र कतै कुनै स्‍थान नपाउँदा, त्‍यसले भन्‍छ, ‘म निस्‍केर आएको मेरै घरमा फर्केर जान्‍छु।’
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“जब कुनै अशुद्ध आत्मा कुनै मानिसबाट निस्किन्छ, तब त्यो ओबानो ठाउँहरूमा विश्राम खोज्न जान्छ र त्यसले भेट्टाउँदैन, तब त्यसले भन्छ, ‘म निस्केर आएको घरमा नै फर्केर जानेछु।’
Nepali ERV (पवित्र बाइबल)
“जब एकजना मानिसबाट दुष्टात्मा निस्कन्छ, यो बिश्रामको निम्ति ओबानो ठाउँहरू खोजी हिडछ। अनि जब यसले कतै बिश्राम गर्ने ठाउँहरू पाउँदैन, यसले भन्छ, म जून घरदेखि बाहिर आएको थिएँ त्यहीं र्फकन्छु।’
Nepali Tamang 2011
“म्‍हङ म्‍हिला ल्‍हुइग्‍याम थोन्‍सी निमाहेन्‍से थेसे ब्‍लप्‍बा न्‍हबारी तोङतोङबा ग्‍लारीक्‍यार ग्‍ला म्‍हाइसी भ्रला, तर थेसे खानङएनोन ब्‍लप्‍बा न्‍हबा ग्‍ला आयाङ्माहेन्‍से ‘ङा जुन म्‍हिला ल्‍हुइग्‍याम थोन्‍सी खजी थेनोन म्‍हिला ल्‍हुइरी चिबारी निइ’ भिसी दोःसी निला।