Luke 11:27 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
येशूले कुरा गर्दागर्दै मानिसको हुलबाट एक जना स्‍त्रीले कराएर भनिन्, “तपाईंलाई जन्‍म दिने र दूध खुवाउने आमा कति धन्‍य हुन्!”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उहाँले यी कुरा बोल्‍दाबोल्‍दै भीड़बाट कुनै स्‍त्रीले चिच्‍च्‍याएर भनी, “धन्‍य त्‍यो नारी जसले तपाईंलाई गर्भधारण गरिन्‌ र आफ्‍नो दूध खुवाइन्‌।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
येशूले यी कुराहरू भन्दै गर्नुहुँदा भीडबाट एउटी स्त्रीले कराएर भनी, “ती आमा धन्य हुन्, जसले तपाईंलाई जन्म दिइन् र पालनपोषण गरिन्।”
Nepali ERV (पवित्र बाइबल)
जब येशूले यी कुराहरू भन्नु हुँदै थियो एउटी स्त्री जो त्यहाँ थिई येशूलाई यसो भन्दै जोरले कराई, “धन्य हुन ती माता जसले तपाईंलाई गर्भधारण गरिन् अनि तपाईंलाई स्तन पान गराइन्।”
Nepali Tamang 2011
येशूसे चु ताम सुङ्बान लमा म्‍हिला हुल न्‍हङ‍ग्‍याम क्रिङ्बान म्रिङम्‍हेमे गिकसे “ह्राङदा न्‍हसी ङ्‍हे ख्‍वाबा आमासे परमेश्‍वरग्‍याम मोलम याङ्बा मुला,” भिसी भिजी।