Luke 11:29 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मानिसको घुइँचो बढ्दैगयो। त्‍यसै बेला येशूले भन्‍नुभयो, “हिजो-आज मानिसहरू कति दुष्‍ट छन्! तिनीहरू शक्तिशाली चिन्‍ह हेर्न खोज्‍छन्। तर परमेश्‍वरले अगमवक्ता योनाको जीवनमा देखाउनुभएको जस्‍तो चिन्‍हबाहेक यिनीहरूले अरू कुनै पनि चिन्‍ह देख्‍न पाउनेछैनन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
भीड़हरू थुप्रँदैजाँदा उहाँले भन्‍नुभयो, “यो पुस्‍ता दुष्‍ट पुस्‍ता हो। यसले चिन्‍ह खोज्‍दछ, तर योनाको चिन्‍हबाहेक यसलाई अरू कुनै चिन्‍ह दिइनेछैन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
भीडहरू बढ्दै गएपछि येशूले भन्‍नुभयो, “यो एक दुष्‍ट पुस्ता हो; यिनीहरूले अद्‌भुत चिन्ह खोज्दछन्, तर योनाको चिन्ह बाहेक अरू कुनै चिन्ह दिइनेछैन।
Nepali ERV (पवित्र बाइबल)
मानिसहरूको भीड बिस्तार बढदै गयो। येशूले भन्नुभयो, “यस युगमा रहेका मानिसहरू दुष्ट छन्। तिनीहरू चिन्हको रूपमा परमेश्वरबाट चमत्कार चाहन्छन। तर कुनै चिन्ह तिनीहरूलाई दिइने छैन। केवल योनामा भएको चमत्कार मात्र चिन्ह हुनेछ।”
Nepali Tamang 2011
येशूला क्‍युर्नोन म्‍हिला हुल तमाहेन्‍से येशूसे थेनीगदेदा चुह्रङ् भिसी सुङ्जी, “एनीगदे दान्‍देला म्‍हिगदे खाह्रङ्बा नइबा म्‍हि! उदेकला चिनु जे म्‍हाइबा। तर योना अगमवक्ताला चिनु बाहेक अर्गु चिनु आउन।