Luke 11:31 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
न्‍यायको दिनमा दक्षिणको शेबा देशकी रानीले उभिएर हिजो-आजका मानिसहरूलाई दोष लगाउनेछिन् किनभने सोलोमन राजाका ज्ञानका कुरा सुन्‍न उनी धेरै टाढाबाट धाएर आइन्। तर हेर, सोलोमनभन्दा पनि ठूलो एक जना यहाँ छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
न्‍यायमा यस पुस्‍ताका मानिसहरूसँग दक्षिण देशकी रानीले उठेर यिनीहरूलाई दोषी ठहराउनेछिन्, किनकि तिनी पृथ्‍वीको पल्‍लो छेउबाट सोलोमनको बुद्धि सुन्‍नलाई आएकी थिइन्‌। तर हेर, यहाँ एक जना छ, जो सोलोमनभन्‍दा महान्‌ छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
न्यायको समयमा दक्षिणकी रानी यस पुस्ताका मानिसहरूसित खडा भएर तिनीहरूलाई दोषी ठहराउनेछिन्; किनकि तिनी सोलोमनको बुद्धि सुन्‍नलाई पृथ्वीको पल्‍लो छेउदेखि आएकी थिइन्। तर हेर, सोलोमनभन्दा महान् एक जना यहाँ छन्।
Nepali ERV (पवित्र बाइबल)
न्यायको दिन दक्षिण देशकी रानी यो पुस्ताका मानिसहरू विरूद्ध उठ्नेछिन् अनि तिनीहरू दोषी हुन् भनी प्रमाण दिनेछिन्। किन्? किनभने सुलेमानको ज्ञानमय शिक्षा सुन्नु तिनी धेरै टाडोबाट आएकी थिइन्। अनि म भन्दछु कि सुलेमान भन्दा म महान हुँ।
Nepali Tamang 2011
निसाफ लबा धुइरी ल्‍होग्‍याम खबा ग्‍लेस्‍यासे दान्‍देला म्‍हिगदेला दोष उन्‍ना, तिग्‍दा भिसम थे सोलोमन ग्‍लेला ज्ञान बुद्धिला ताम ङ्‌यान्‍बारी ल्‍हानान थारेङग्‍याम खबा मुबा। तर च्‍यागो, चुरी सोलोमन ग्‍ले भन्‍दा घ्रेन म्‍हि मुसैनोन थेला ताम आङ्‌यान्‍नी।