Luke 11:32 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
न्‍यायको दिनमा निनवे सहरका मानिसहरूले उभिएर अहिलेका मानिसहरूलाई दोष लगाउनेछन् किनभने योनाले परमेश्‍वरको शिक्षा प्रचार गर्दा तिनीहरूले आ-आफ्‍नो पापलाई मानेर छोडे। तर हेर, योनाभन्दा पनि ठूलो एक जना यहाँ छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
निनवेका मानिसहरूले न्‍यायमा यस पुस्‍तासँग खड़ा भएर यसलाई दोषी ठहराउनेछन्, किनकि तिनीहरूले योनाको प्रचारमा पश्‍चात्ताप गरेथे, र हेर, यहाँ एक जना छ, जो योनाभन्‍दा महान्‌ छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
न्यायको समयमा निनवेका मानिसहरू यस पुस्तासँग खडा भएर यसलाई दोषी ठहराउनेछन्; किनकि तिनीहरूले योनाको प्रचार सुनेर पश्‍चात्ताप गरेका थिए। तर हेर, योनाभन्दा महान् एक जना यहाँ छन्।
Nepali ERV (पवित्र बाइबल)
न्यायको दिनमा निनवेका मानिसहरू यी पुस्ताको मानिसहरू विरूद्धमा उठ्नेछन् अनि तिनीहरू दोषी भएको प्रमाण दिनछन्। किन? किनभने जतिबेला योनाले मानिसहरूलाई प्रचार गरे तिनीहरूले आफ्नो हृदय र रहन-सहन समेत परिवर्त्तन गरे। अनि म तिमीहरूलाई भन्दछु म योना भन्दा महान हूँ।
Nepali Tamang 2011
निसाफ लबा धुइरी निनवे शहरला म्‍हिगदे रेःसी दान्‍देला म्‍हिगदेला दोष उन्‍ना। तिग्‍दा भिसम योना अगमवक्तासे पाङ्बा ताम ङ्‌यान्‍सी थेनीगदेसे ह्राङ ह्राङला पाप ख्‍लासी परमेश्‍वरपट्टि दोःबा मुबा। तर च्‍यागो, चुरी योना अगमवक्ता भन्‍दा घ्रेन म्‍हि गिक मुला।