Luke 11:39 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अनि प्रभुले तिनलाई भन्नुभयो, “तिमी फरिसीहरू थाल र कचौरा माझेजस्तै आफूलाई बाहिरपट्टि त चोख्याउँछौ, तर भित्र भने तिमीहरू लोभ र दुष्टताले भरिएका छौ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर प्रभुले तिनलाई भन्नुभयो, “तिमी फरिसीहरू कचौरा र थालको बाहिरपट्टि त माझ्दछौ, तर तिमीहरूको भित्रचाहिँ लूट र दुष्टताले भरिएको हुन्छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसपछि प्रभुले तिनलाई भन्नुभयो, “तिमी फरिसीहरू कचौरा र थालको बाहिरपट्टि त सफा गर्दछौ; तर तिमीहरूको भित्री भागचाहिँ लोभ र दुष्टताले भरिएको हुन्छ।
Nepali ERV (पवित्र बाइबल)
यसमा प्रभूले भन्नु भुयो, “तिमी फरसीहरू खाली कचौरा अनि थालको बाहिरा पट्टि मात्र धुन्छौ तर भिन्न चाँहि तिमीहरू लोभ औ दुष्टताले भरिएका छौ।
Nepali Tamang 2011
थे उदेक तबा म्राङ्सी प्रभुसे थेदा चुह्रङ् भिसी सुङ्जी, “एनी फरिसीगदेसे खोरेदेन खार्बाला पाखापट्टि म्याप्सी चोखो स्होबा ह्रङ् लसी एनीगदेएनोन म्हिदा उन्बारी चोखो दोबा स्होमुला। तर एनीगदेला सेम लोभदेन नइबा तामसे प्लिङ्बा तमुला।