Luke 11:42 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“तिमी फरिसीहरूलाई धिक्‍कार! पुदिना, आरूद र अरू जडीबुटीको उब्‍जनीबाट दशांश परमेश्‍वरलाई चढाउँछौ, तर न्‍याय र परमेश्‍वरलाई प्रेम गर्ने कुरालाई चाहिँ वास्‍तै गर्दैनौ। ती अरू कुराको साथसाथै तिमीहरूले न्‍याय र प्रेम पनि गर्ने गर।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“तर तिमी फरिसीहरूलाई धिक्‍कार! किनकि तिमीहरू पुदीना, आरूद र हरेक जडीबुटीको दशांश दिन्‍छौ, तर न्‍याय र परमेश्‍वरका प्रेमको उपेक्षा गर्दछौ। तर अरू कामको पनि उपेक्षा नगरी यी काम पनि तिमीहरूले गर्नुपर्नेथियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“धिक्‍कार! तिमी फरिसीहरूलाई, किनकि तिमीहरूले परमेश्‍वरलाई पुदिना, आरूद र हरेक जडीबुटीका दशांश दिन्छौ, तर न्याय र परमेश्‍वरको प्रेमलाई तिमीहरू बेवास्ता गर्दछौ। तिमीहरूले पहिलो कार्य नछोडी, यो दोस्रो पनि गर्नुपर्नेथियो।
Nepali ERV (पवित्र बाइबल)
धिक्कार तिमी फरिसीहरूलाई! तिमीहरूकोमा भएको पुदिना, आरूद अनि बगैंचामा भएका अन्य जम्मै चीजहरूको दशांश परमेश्वरलाई चढाउँछौ, तर तीमीहरू परमेश्वर प्रति न्याया र प्रेम अवहेलना गर्छौ। यही कुराहरू तिमीहरूले गर्नु पर्ने हो जब तिमीहरू अन्य कामहरू गरिरहेका हुन्छौ।
Nepali Tamang 2011
परमेश्‍वरग्‍याम सजाय याङ्तोःबा फरिसीगदे, एनीगदेसे परमेश्‍वरदा बाबरीदेन जिरा ओच्‍छे अर्गु मसलाला दोङला भो च्‍युइला भो गिक मी पिन्‍मुला, तर एनीगदेसे म्‍हिगदेदा ठीक निसाफदेन परमेश्‍वरदा लतोःबा मायाला भिसम तिगै वास्‍ता आलमुला। तर एनीगदेसे चु गे न्‍हीनोन लतोःबा मुबा।