Luke 11:7 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यस साथीले भित्रबाटै भन्‍यो, ‘मलाई दु:ख नदेऊ। ढोका लगाइसकें, बालकहरूसँग सुतिसकेको छु। अहिले म उठेर तिमीलाई केही पनि दिन सक्‍दिनँ’।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“उनले भित्रबाट जवाफ दिएर भन्‍छन्, ‘मलाई नझिँज्‍याऊ। ढोका अब बन्‍द भइसकेको छ, र मेरा केटाकेटीहरू मसँग ओछ्यानमा छन्‌। म उठेर तपाईंलाई केही दिन सक्‍दिनँ।’
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब भित्रबाट तिनले जवाफ देलान्, ‘मलाई दुःख नदेऊ। ढोका बन्द भइसकेको छ। मेरा केटाकेटीहरू मसँगै ओछ्यानमा सुतेका छन्। म उठेर तिमीलाई केही दिन सक्दिनँ।’
Nepali ERV (पवित्र बाइबल)
घरभित्रबाट तिम्रो मित्रले भन्नेछ, जाऊ, मलाई तकलीफ नदेऊ। ढोका अघि नै बन्द भइसकेकोछ। म र मेरा छोरा छोरीहरू ओछ्यानमा छन्। अहिले उठेर म तिमीलाई रोटी दिन सक्तिनँ।
Nepali Tamang 2011
थेला ह्रोसे दिम न्‍हङ‌ग्‍यामसेन ‘ङा म्राप ढुङ्सी कोलागदेदेन छ्‌याम म्‍हेर्सी जिन्‍जी। थेतबासेलमा ङादा दुख थापिन्‍गो। दान्‍दे ङा रेःसी एदा तिगै पिन्‍आखम’ भिसी भिजी।