Luke 12:15 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अनि उहाँले त्‍यहाँ जम्‍मा भएका मानिसहरूलाई भन्‍नुभयो, “होश गर! सबै किसिमका लोभ-लालचबाट जोगिएर बस किनभने धन-सम्‍पत्ति जति नै प्रशस्‍त भए पनि त्‍यसले मानिसलाई साँचो जीवनचाहिँ दिँदैन।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उहाँले तिनीहरूलाई भन्‍नुभयो, “होशियार रहो, सबै किसिमका लालचबाट जोगिने काम गर, किनकि मानिसको जिन्‍दगी उसको धन-सम्‍पत्तिको प्रशस्‍ततामा रहँदैन।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसपछि उहाँले तिनीहरूलाई भन्‍नुभयो, “होसियार रहो! सबै प्रकारका लालचबाट आफूलाई जोगाओ; किनकि मानिसको जीवन उसको धनसम्पत्तिको प्रशस्ततामा रहँदैन।”
Nepali ERV (पवित्र बाइबल)
फेरि येशले तिहरूलाई भन्नुभयो, “होशियार होऊ अनि सबै प्रकारका स्वार्थीपनबाट आफूलाई जोगाऊ। कसैकोमा चाहिएको सम्पत्ति भन्दा वेशी हुनु सक्छ, तर त्यले उसलाई जीवन दिन सक्तैन।”
Nepali Tamang 2011
ओच्‍छे येशूसे थेनीगदेदा “एनीगदे होशियार तसी लोभग्‍याम जोगब तसी चिउ। तिग्‍दा भिसम म्‍हिदेन छ्‌याम जतिन धन सम्‍पत्ति मुसैनोन थेसे म्‍हिदा सत्‍यला जुनी आपिन” भिसी सुङ्बान,