Luke 12:27 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
जङ्गलका लहलह परेका लिली फूलहरूलाई हेर, तिनीहरू त काम पनि गर्दैनन्, लाउनलाई लुगा पनि बुन्दैनन्। तर म तिमीहरूलाई भन्छु, सोलोमन राजासित त्यत्रो धन-सम्पत्ति छँदाछँदै पनि उनी त ती फूलहरूजस्तो सजिसजाउ भएका थिएनन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“लिली फूललाई विचार गर, कसरी तिनीहरू न त परिश्रम गर्छन् न कात्छन्, तर म तिमीहरूलाई भन्दछु, सोलोमन राजा पनि आफ्नो सारा गौरवमा यीमध्ये एउटा जतिको पनि विभूषित थिएनन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“लिली फूलहरू कसरी हुर्कन्छन्, सो विचार गर। तिनीहरू परिश्रम गर्दैनन्, न धागो कात्छन्; तापनि म तिमीहरूलाई भन्दछु, राजा सोलोमन पनि आफ्नो सारा वैभवमा यी फूलहरूमध्ये एउटा जति पनि सिँगारिएका थिएनन्।
Nepali ERV (पवित्र बाइबल)
जंङ्गली फूलहरूलाई हेर। सोच, तिनीहरू कसरी उम्रन्छन्। तिनीहरू आफ्नै लागि केही गर्दैनन् न त वस्त्र नै बनाउँछन्। म तिमीहरूलाई भन्दछु कि सुलेमान जस्ता राजा आफ्नो समस्त वैभवको साथ पनि यी फूलहरूमा झैं एउटा वस्त्र पहिरिएको थिएन।
Nepali Tamang 2011
“एनीगदेसे म्हेन्दोदा च्यागो, थेनीगदेसे न्ह गे लला, न्ह क्वान राला। तर च्यागो, सोलोमन ग्लेदेन छ्याम ल्हानान धन सम्पत्ति मुसैनोन थे म्हेन्दो तेएनोन जेबा आरेमुबा।