Luke 12:28 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
आज मौलाउने अनि भोलि नै ओइलाएर डढाइने झारलाई पनि परमेश्वरले यसरी सिँगार्नुहुन्छ भने के झन् उहाँले तिमीहरूलाई लगाउने लुगा दिनुहुन्न र? खै तिमीहरूको विश्वास?
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर आज हुने र भोलि आगोमा फालिने मैदानको घाँसलाई परमेश्वरले यसरी आभूषित गर्नुहुन्छ भने, ए अल्पविश्वासी हो, उहाँले तिमीहरूलाई झन् कति बढ़ी आभूषित गर्नुहुनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
आज हुने र भोलि आगोमा फालिने मैदानको घाँसलाई त परमेश्वरले यसरी पहिराउनुहुन्छ भने, हे अल्पविश्वासीहरू हो, उहाँले तिमीहरूलाई झन् कत्ति बढी पहिराउनुहुन्छ होला!
Nepali ERV (पवित्र बाइबल)
परमेश्वरले नै जमीनमा ती घाँसलाई वस्त्र लगाइदिनुहुन्छ, जुन आज यहाँ छ भोलि त्यसलाई आगोमा फालिन्छ। यसैले तिमीहरूले जान्नु पर्छ कि परमेश्वरले नै तिमीहरूलाई अझ धेरै राम्रो वस्त्र पहिराई दिनुहुनेछ। तिम्रो एकदमै थोरै विश्वास छ।
Nepali Tamang 2011
तिनी ल्हेबान निसी न्हङगर खर्माहेन्से मेरी फर्बा छेदा मी परमेश्वरसे चुह्रङ् लसी जेना लमुला भिसम झन एनीगदेदा परमेश्वरसे गाते जेना लला? खाइ एनीगदेला विश्वास?