Luke 12:33 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिमीहरूले आफ्‍नो सम्‍पत्ति बेचेर आएको पैसा गरीबहरूलाई देओ। आफ्‍नो लागि सधैँ रहने भण्‍डार बनाओ र कहिल्‍यै नसकिने धन स्‍वर्गमा जम्‍मा गर। त्‍यहाँ त चोर पनि लाग्‍दैन, किराले पनि खाँदैन
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिमीहरूको सम्‍पत्ति बेचेर दान देओ। आफ्‍नो निम्‍ति थोत्रो नहुने थैलीहरू बनाओ। स्‍वर्गमा कहिल्‍यै नष्‍ट नहुने धन स्‍वर्गमा सञ्‍चय गर। त्‍यहाँ चोर आउँदैन र कीरा पनि लाग्‍दैन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिमीहरूका सम्पत्ति बेचेर गरिबहरूलाई देओ। आफ्ना निम्ति कहिल्यै नरित्तिने थैलीहरू अर्थात् स्वर्गमा कहिल्यै नसकिने धनसम्पत्ति तयार पार, जहाँ चोर लाग्दैन; अनि किराले पनि नाश पार्दैन।
Nepali ERV (पवित्र बाइबल)
आफ्नोमा भएका सबै सम्पत्ति बेचेर जसलाई चाहिन्छ तिनीहरूलाई पैसा देऊ। धन त यो संसारमा स्थायी रहँदैन। तर स्वर्गको भण्डार हासिल । त्यो भन्डार सँधैका लागी रहन्छ। स्वर्गमा तिम्रो भण्डार चोरहरुले चोर्न सक्तैन, न त किराहरुले नै नष्ट पार्न सक्छ।
Nepali Tamang 2011
थेतबासेलमा एनीगदेसे ह्राङदेन छ्‌याम मुबा धन सम्‍पत्ति चूङ्सी खबा टाङगा प्राङबोगदेदा भो लसी पिन्‍गो। ओच्‍छे खाइमै आन्‍होङ्बा ढुकुटी स्‍होसी ह्राङला लागिरी स्‍वर्गरी धन सम्‍पत्ति सोसी थान्‍गो। थेरी य्‍होएनोन आख, बुलुङसेनोन आच।