Luke 12:36 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिमीहरू विवाहको भोजबाट फर्कने मालिकको बाटो हेरिरहने नोकरहरूजस्‍ता होओ। मालिक आएर ढोका ढकढक्‍याउँने बित्तिकै उनीहरूले ढोका खोलिदिन्‍छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिमीहरू ती मानिसहरू जस्‍ता होओ, जसले आफ्‍ना मालिक विवाहको भोजबाट फर्किआएर ढकढक्‍याउँदा तिनको निम्‍ति झट्टै ढोका खोलिदिन्‍छन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि ती मानिसहरूजस्ता होओ, जसले तिनीहरूका मालिक विवाह भोजबाट फर्किआएर ढक्ढक्याउँदा तिनका निम्ति तुरुन्तै ढोका खोलिदिन सकियोस् भनेर आफ्ना मालिकलाई पर्खेर बस्छन्।
Nepali ERV (पवित्र बाइबल)
त्यो नोकरहरूले झैं व्यवहार गर जो विवाह भोजबाट फर्की आउने आफ्नो मालिकको लागि पर्खी रहेको हुन्छ। मालिक आउँछ अनि ढोका ढक्ढकाउँछ। नोकरले मालिकको निम्ति ढोका खोलिदिन्छ।
Nepali Tamang 2011
ओच्‍छे एनीगदे ब्‍याहला भोजरी निसी खबा मालिकदा भ्रान्‍सी चिबा नोकर ह्रङ्‌बान तउ। तिग्‍दा भिसम मालिक खसी म्राप ढ्वक ढ्वक लमैछ्‌याम थेनीगदेसे ह्राङला मालिकदा म्राप ठोङ्सी पिन्‍मुला।