Luke 12:37 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मालिक आउँदा जागै बसिरहेका ती नोकरहरूले स्याबासी पाउनेछन् र तिनीहरू खुसी हुनेछन्। साँच्चै म तिमीहरूलाई भन्छु, त्यस मालिकले पाहुनालाई जस्तै मेजमान गर्न तयार हुनेछन् र ती नोकरहरूलाई आरामसँग बसाएर खुवाउनेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
ती नोकरहरू धन्यका हुन्, जसका मालिक घर आउँदा तिनीहरूलाई जागिरहेका भेट्टाउनेछन्। साँच्चै म तिमीहरूलाई भन्दछु, तिनले आफ्नो पटुका कसेर तिनीहरूलाई खान बसाउनेछन्, र आएर तिनीहरूको सेवा गर्नेछन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यदि मालिक आउँदा तिनले ती सेवकहरूलाई जागा रहेका भेट्टाए भने तिनीहरूका निम्ति असल हुनेछ। म तिमीहरूलाई साँचो भन्दछु, तिनले सेवा गर्नलाई कम्मर कस्नेछन्। तिनीहरूलाई भोजनका निम्ति बस्न लगाउनेछन्, र आएर तिनीहरूको सेवा गर्नेछन्।
Nepali ERV (पवित्र बाइबल)
धन्य हुन ती नोकरहरू जो मालिक घर फर्कादाँ घरमा सर्तकता साथ बसेका हुन्छन्। म तिमीहरूलाई साँचो भन्छु, मालिक आफैं आफ्नो काम गर्दा लाउने लुगा लगाँउछ अनि उसको नोकरहरूलाई कुर्सीमा बस्न लाउँछ। त्यसपछि मालिक स्वयंले तिनीहरूलाई खाना बाँडिदिन्छ।
Nepali Tamang 2011
च्यागो, थे नोकरगदे गाते ताङ्म्याङ्ला, ह्राङला मालिक खबा धुइरी थेनीगदेदा छोर्सी चिबा म्राङ्जी। थेतबासेलमा थेसे केः खीसी ह्राङला नोकरगदेदा चबा स्हे पिन्ना।