Luke 12:42 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
प्रभुले भन्‍नुभयो, “बुद्धिमान् र भरपर्दो भण्‍डारेचाहिँ कस्‍तो मानिस होला त? मालिकले आफ्‍नो घरको सबै कामकाजको जिम्‍मा दिएपछि बुद्धिमान् र भरपर्दो भण्‍डारेले चाहिँ अरू नोकरहरूलाई ठीक-ठीक समयमा खानाको व्‍यवस्‍था गरिदिन्‍छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
प्रभुले भन्‍नुभयो, “त्‍यो विश्‍वासी र बुद्धिमानी भण्‍डारे को हो, जसलाई त्‍यसका मालिकले आफ्‍ना परिवारलाई निश्‍चित समयमा तिनीहरूका भागमा पर्ने भोजन दिनलाई खटाउनेछन्‌?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब प्रभुले जवाफ दिनुभयो, “त्यो विश्‍वासयोग्य र बुद्धिमान् प्रबन्धक को हो, जसलाई त्यसका मालिकले तिनका सेवकहरूलाई ठिक समयमा तिनीहरूले पाउनुपर्ने खानेकुरा दिने कामको जिम्मा दिन्छन्?
Nepali ERV (पवित्र बाइबल)
प्रभुले भन्नुभयो, “को चाँहि ज्ञानी र विश्वासी नोकर होला? विश्वासी नोकर त्यही हो जसमाथि अन्य नोकरहरूलाई ठीक समयमा तिनीहरूको भाग खाना दिन्छ भनी विश्वास गर्छ।
Nepali Tamang 2011
प्रभुसे थेदा चुह्रङ् भिसी सुङ्जी, “दिमरी गे लबा बुद्धि मुबादेन भर्तुप्‍पा म्‍हि खाल हिन्‍ना? मालिकसे दिमला स्‍य्‍हान्‍दो नोकरगदेदा ठीक ठीक धुइरी चबा थुङ्बा ढिक्‍ना लसी पिन्‍बारी जिम्‍मा पिन्‍थान्‍जी।”