Luke 12:46 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यसको मालिकचाहिँ त्‍यसले नचिताएको दिन र घडीमा आइपुग्‍नेछन् अनि त्‍यसलाई ठूलो दण्‍ड दिनेछन् र त्‍यसको गति परमेश्‍वरलाई नमान्‍नेहरूको जस्‍तै हुनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यसले आशा नगरेको दिन र नचिताएको घड़ीमा त्‍यसका मालिक आउनेछन्, र त्‍यसलाई दण्‍ड दिनेछन्, र त्‍यसको दशा अविश्‍वासीहरूको जस्‍तो हुनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यस सेवकका मालिक त्यसले नचिताएको दिनमा र त्यसलाई थाहै नभएको समयमा आइपुग्नेछन्। तब तिनले त्यसलाई टुक्रा-टुक्रा पारेर काट्नेछन् र त्यसलाई अविश्‍वासीहरूको स्थान दिनेछन्।
Nepali ERV (पवित्र बाइबल)
जब मालिक आँउछ उसलाई तत्पर रहेको पाउँदैन। यस्तो त्यस दिन आउनेछ, त्यो नोकरले मालिक आँउछ भन्ने सोचेकै हुँदैन, मालिक आउँदैछ भन्ने पत्तो हुँदैन। मालिकले त्यस नोकरलाई सजाय दिनेछ अनि त्यसलाई अन्य अविश्वासीसंग पठाइदिनेछ।
Nepali Tamang 2011
थेला मालिक थेसे आम्‍हन्‍बा धिनदेन धुइरी धोखसी मालिकसे थेदा ल्‍हानान सजाय पिन्‍ना। ओच्‍छे थेदा परमेश्‍वरदा विश्‍वास आलबा म्‍हिगदे मुबा ग्‍लारी भ्‍याङ्‍ला।