Luke 12:48 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर मालिकको इच्छा थाहा नभई सजाय पाउनुपर्ने काम गर्ने नोकरलाई चाहिँ उनले कम सजाय दिनेछन्। जसलाई धेरै दिइएको छ, त्यसले धेरै दिनुपर्छ। त्यसै गरी जसलाई धेरै सुम्पिएको छ, उसले त्यति नै धेरै बुझाउनुपर्छ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर मालिकको इच्छा नजानेर पिटाइ खाने योग्यको काम गर्नेले थोरै पिटाइ खानेछ। प्रत्येक जसलाई धेरै दिइएको छ, त्यसबाट धेरै मागिनेछ, र हरेक जसलाई धेरै सुम्पिएको छ, त्यसबाट अझ बढ़ी लिइनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर जसले मालिकको इच्छा नजानेर नै दण्डनीय काम गर्छ, त्यसले थोरै सजाय पाउनेछ। हरेक जसलाई धेरै दिइएको छ, त्यसबाट धेरै नै मागिनेछ; अनि जसलाई धेरै कुराहरू सुम्पिएका छन्, त्यसबाट अझ बढी लिइनेछ।
Nepali ERV (पवित्र बाइबल)
उसको मालिकले जे चहान्छ यदि त्यो नोकरले जान्दैन तर जे गर्छ सजाय योग्यको काम गर्छ, उसको के गति होला? त्यस नोकरले सजाय त पाँउछ नै, तर उसले भन्दा कम्ती सजाय पाउँछ जुन नोकरले मालिकले के चाहान्छ जान्दछ तर गर्दैन। जुन मानिसलाई बेसी दिइएको छ, उसको जिम्मेवारी पनि बेसी हुन्छ। अझ जसमाथि बेसी विश्वास गरिको छ ऊबाट बेसी नै आशा पनि राखिएको हुन्छ।”
Nepali Tamang 2011
तर ह्राङला मालिकला सेमला ताम था आयाङ्ना तोबा चबा खाल्ला गे लसैनोन थे नोकरदा ल्हाना आतोः। ओच्छे जुन म्हिदा ल्हाना पिन्बा मुला थेसेनोन ल्हानान पिन्तोःला। थेह्रङ् लसीन जुन म्हिदा ल्हानान जिम्मा पिन्बा मुला थेदेन छ्याम ल्हानान किन्ना।