Luke 12:58 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“कसैले तिमीमाथि मुद्दा चलाएर न्‍यायाधीशकहाँ लग्‍यो भने बाटैमा झगडियासँग मिल्‍ने कोसिस गर। नत्र उसले तिमीलाई न्‍यायाधीशको अगाडि उभ्‍याउनेछ अनि उनले सिपाहीको जिम्‍मा लाउनेछन् र सिपाहीले लगेर तिमीलाई झ्‍यालखानमा हाल्‍नेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिमीहरूको उजूरवालासँग हाकिमकहाँ जाँदा, बाटैमा त्‍यससँग मिलाप गर, नत्रता त्‍यसले तिमीलाई न्‍यायाधीशकहाँ तानेर लैजानेछ, र न्‍यायाधीशले तिमीलाई अफिसरको हातमा जिम्‍मा दिनेछ, र अफिसरले तिमीलाई झ्‍यालखानमा हालिदिनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिमीहरूका विरोधीसित हाकिमकहाँ जाँदै गर्दा ऊसँग बाटोमा हुँदै मिलाप गर्न भरमग्दूर प्रयास गर; नत्रता त्यसले तिमीलाई तानेर न्यायाधीशकहाँ लैजानेछ, र न्यायाधीशले तिमीलाई अधिकारीकहाँ जिम्मामा लगाउनेछ; अनि अधिकारीले तिमीलाई झ्यालखानामा हाल्नेछ।
Nepali ERV (पवित्र बाइबल)
मानिलेऊ, कुनै मानिससंग तिम्रो झगडा छ, अनि तिमी न्यायलय जानु लागेकाछौ। तर न्यालयमा पुग्नु अघि नैं त्यो झगडा मिलाउन जे आवश्यक हुन्छ हरेक कुरो गर। यदि त्यसो नगरे विपक्षीले तिमीलाई नयायकर्त्ता अघि उभ्याउनेछ। अनि न्यायकर्ताले अधिकारीलाई सुम्पिनेछ औ उनले तिमीलाई जेलमा थुन्नेछ।
Nepali Tamang 2011
खालैसे एदा मुद्दा युसी न्‍यायाधीश मुबा ग्‍लारी भोर्जी भिसम, थे म्‍हिदेन छ्‌याम ग्‍यामरीन ढिक्‍गो। आहिन्‍सम थेसे एदा न्‍यायाधीशला ङाच्‍छापट्टि राप्‍पुङ्ला। ओच्‍छे न्‍यायाधीशसे सिपाहीगदेला यारी जिम्‍मा पिन्‍ना। जमाहेन्‍से सिपाहीगदेसे भोर्सी झ्‍याल्‍खानरी झाङ्‌ला।