Luke 13:14 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
ती स्त्रीलाई विश्रामको दिनमा निको पारेको देखेर सभाघरको शासक रिसाए। तिनले मानिसहरूलाई भने, “काम गर्न साताका छ दिन छँदैछ! विश्रामको दिनमा निको हुन किन आउँछौ? के यो दिनबाहेक अरू दिन छैन र?”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
सभाघरका शासक क्रोधित भए, किनकि येशूले शबाथमा निको पार्नुभएको थियो, र तिनले मानिसहरूलाई भने, “काम गर्ने छ दिन छन्। यसकारण यी छ दिनभित्र आएर निको होओ, शबाथ-दिनमा होइन।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
येशूले शब्बाथमा निको पार्नुभएको हुनाले रिसाएका सभाघरका शासकले मानिसहरूलाई भने, “काम गर्नका निम्ति छ दिनहरू छँदैछन्। त्यसकारण यी छ दिनभित्र आओ र निको होओ; शब्बाथमा होइन।”
Nepali ERV (पवित्र बाइबल)
विश्रामको दिन यसरी येशूले जाती पारेकोमा सभा घरका प्रमुख येशूसंग रिसाएका थिए। यसकारण उहाँले त्यहाँ उपस्थित मानिसहरूलाई भन्नुभयो, “छ दिन काम गरिन्छ। अनि कुनै दिन निको पार्नको लागी कोही आउन सक्छ। तर विश्राम को दिन निको हुनको निम्ति नआउनु।
Nepali Tamang 2011
येशूसे थे म्रिङम्हेमेदा ब्लप्बा न्हबा धिनकुनु खम्ना लबा म्राङ्सी यहूदीगदे ह्रुप तबा दिमला नेता बोमो खसी, “म्हिगदेदा गे लबा धिन साता गिकरी ढुरे मुनोन मुला। थेतबासेलमा चु ढुरे न्हङरी खसी खम्ना लउ, ब्लप्बा न्हबा धिनकुनु आहिन” भिसी भिजी।