Luke 13:19 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
कुनै मानिसले बारीमा रायो छर्‍यो भने त्‍यो उम्रेर बढ्छ र ठूलो भएर त्‍यसको हाँगा-बिंगामा चरा-चुरुङ्गीले गुँड लाउँछन्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यो रायोको बीउको एउटा दानाजस्‍तो हो, जो एक जना मानिसले लगेर आफ्‍नो बारीमा रोप्यो, र त्‍यो बढ़ेर एउटा रूख भयो र आकाशका चराचुरुङ्गीहरूले त्‍यसका हाँगाहरूमा गुँड़ बनाए।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यो त रायोको एउटा बिउजस्तो हो, जो कुनै मानिसले लिएर आफ्नो बारीमा रोप्यो; त्यो बढ्यो र एउटा रूख भयो, र आकाशका चराचुरुङ्गीहरूले त्यसका हाँगाहरूमा गुँड लगाए।”
Nepali ERV (पवित्र बाइबल)
परमेश्वरको राज्य रायोको बीऊ जस्तै छ जो कुनै मानिसले लियो अनि आफ्नो बगैंचामा रोप्यो। त्यो बीऊ उम्रियो अनि बढेर रूख भयो। आकशका चराहरूले त्यसको हाँगाहरूमा गुँड लगाए।”
Nepali Tamang 2011
चु चा पच्‍छै ढापला ब्‍लु गिक ह्रङ्‌बान हिन्‍ना। खालै म्‍हिसे घुर्‍यानरी ढ्वमाहेन्‍से थे ढाप फुइसी ल्‍हेबान निमुला। जमाहेन्‍से थे पच्‍छै ढापला दोङला हाँगारी चरागदेसे जङ स्‍होसी चिला” भिसी सुङ्जी।