Luke 13:25 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यतिखेर घरको मालिकले उठेर ढोका बन्द गर्नेछ अनि तिमीहरूले चाहिँ बाहिरबाट ढोका ढकढक्याउँदै भन्नेछौ, ‘ढोका खोलिदिनुहोस्।’ उनले भन्नेछन्, ‘तिमीहरू को हौ र कहाँबाट आएको हौ? म चिन्दिनँ!’
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
घरका मालिकले उठेर ढोका बन्द गरिसकेपछि, तिमीहरू बाहिर उभेर यसो भन्दै ढोका ढकढक्याउनेछौ, ‘प्रभु, हाम्रा निम्ति ढोका खोलिदिनुहोस्’, र उनले जवाफ दिएर भन्नेछन्, ‘तिमीहरू कहाँबाट आएका हौ म चिन्दिनँ।’
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब घरका मालिक उठेर ढोका बन्द गर्नेछन्, तब तिमीहरू बाहिर उभिएर, ‘हजुर, हाम्रा निम्ति ढोका खोलिदिनुहोस्!’ भनी बिन्ती गर्दै ढोका ढक्ढक्याउनेछौ। “तर तिनले जवाफ दिनेछन्, ‘तिमीहरू को हौ, वा कहाँबाट आएका हौ, म चिन्दिनँ।’
Nepali ERV (पवित्र बाइबल)
यदि कुनै घर-मालिक आफ्नो घर ढोकामा ताला लगाउँछ भने, तिमीले बाहिर उभिएर ढोका ढक्ढकाउनु सक्छौ, हे महाशय, हाम्रा निम्ति ढोका खोलिदिनुहोस्। तर त्यो मानिसले भन्नेछन् म जान्दिन तिमी कहाँबाट आएका हौ?”
Nepali Tamang 2011
दिमला मालिक रेःसी म्राप ढुङ्सी जिन्माहेन्से एनीगदेसे मङग्यारग्याम ढ्वक ढ्वक लसी ‘गुरु, ङन्दा म्राप ठोङ्सी पिन्गो’ भिसी भिमा, थेसे एनीगदेदा ‘एनीगदे खाल हिन्ना? ओच्छे खानङग्याम खबा? ङाइ एनीगदेदा ङोसेबा आरे’ भिसी भिला।