Luke 13:32 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
येशूले तिनीहरूलाई भन्नुभयो, “गएर त्यस स्याललाई भनिदेओ, ‘आज र भोलि भूत निकाल्ने र निको पार्ने काम गर्छु अनि पर्सिचाहिँ काम सक्नेछु।’
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उहाँले तिनीहरूलाई भन्नुभयो, “गएर त्यस स्याललाई भन, ‘हेर, आज र भोलि म भूतहरू धपाउँछु र निको पार्ने काम गर्छु, अनि तेस्रो दिनचाहिँ मेरो कार्य पूर्ण हुनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उहाँले भन्नुभयो, “गएर त्यस फ्याउरोलाई भनिदेओ, ‘आज र भोलि म भूतहरू धपाउँछु, र मानिसहरूलाई निको पार्छु। अनि तेस्रो दिनमा म आफ्नो लक्ष्यमा पुग्नेछु।’
Nepali ERV (पवित्र बाइबल)
येशूले तिनीहरूलाई भन्नुभयो, “जाऊ अनि त्यो स्याललाई भन, आज र भोलि मानिसहरूमा भएको भूतहरू भगाउँछु अनि बिमारीहरू निको पार्ने काम गर्छु। तेस्रो दिन, मेरो सबै काम सिद्धिन्छ।’
Nepali Tamang 2011
येशूसे थेनीगदेदा चुह्रङ् भिसी सुङ्जी, “एनीगदे निसी थे ल्हुन्दी ह्रङ्बा छट्टुदा चुह्रङ् भिउ, ‘तिनीदेन न्हङगर ङाइ म्हङगदे ताप्बादेन आखम्बागदेदा खम्ना लबा गे लला, ओच्छे रेनी ङाला गे जिन्ना।’