Luke 13:34 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“यरूशलेम, ए यरूशलेम! तँ अगमवक्ताहरूलाई मार्छस् र परमेश्वरका दूतहरूलाई ढुङ्गाले हान्छस्। कुखुरीले चल्लालाई छोपेजस्तै मैले कतिपल्ट तेरा छोरा-छोरीहरूलाई बटुल्न खोजें, तर तैँले चाहिँ मानिनस्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“यरूशलेम, ए यरूशलेम, तँ अगमवक्ताहरूलाई मार्छस्, र तँकहाँ पठाइएकाहरूमाथि ढुङ्गा बर्साउँछस्! जसरी पोथीले आफ्ना चल्लाहरूलाई पखेटामुनि बटुल्छ, त्यसरी नै कति पल्ट मैले तेरा बालकहरूलाई बटुल्ने इच्छा गरें, तर तँ मानिनस्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“ए यरूशलेम, ए यरूशलेम, तँ जसले अगमवक्ताहरूलाई मार्छस्, र तँकहाँ पठाइएकाहरूलाई ढुङ्गाले हान्छस्। मैले कति पल्ट तेरा बालबच्चाहरूलाई एउटी कुखुरीले आफ्ना चल्लाहरूलाई पखेटामुनि बटुलेझैँ बटुल्न खोजेँ, तर तँ राजी भइनस्।
Nepali ERV (पवित्र बाइबल)
“ए यरूशलेम, यरूशलेम! तिमीहरूले अगमवक्ताहरूलाई मार्छौ अनि परमेश्वरले तिम्रोमा पठाएका ती मानिसहरूलाई ढुङ्गाले हिर्काउछौ। धेरै पल्ट तिमीहरूको मानिसहरूलाई मैले सहयोग गर्न इच्छा गरे। मैले तिनीहरूलाई कुखुराको पोथीले जसरी आफ्ना चल्लाहरूलाई पखेंटा मुनि भेला गर्छ त्यसरी नै भेला गर्न चाहान्थें। तर तिमीहरूले मलाई त्यसो गर्न दिएनौ।
Nepali Tamang 2011
“यरूशलेमला म्हिगदे, एनीगदेसे अगमवक्तागदेदा साइला ओच्छे परमेश्वरसे एनीगदे मुबा ग्लारी पुइखबागदेदा युङबासे तोला। ङाइ एनीगदेला कोलागदेदा नागा मामासे ह्राङला कोलागदेदा भ्याप्से घप्बा ह्रङ् लसी पोप लबारी म्हाइमा एनीगदेसे आङ्यान्नी।