Luke 14:10 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
बरु विवाहमा जाँदा पछिल्‍तिर गएर बस र निम्‍त्‍याउने आएर तिमीलाई ‘भित्र आउनुहोस्, माथि पाल्‍नुहोस्’ भनेर मुख्‍य ठाउँमा बसाउला। त्‍यस बेला सबैको सामुन्‍ने तिम्रो ठूलो इज्‍जत हुनेछ
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर जब तिमीले निम्‍तो पाउँछौ, गएर तल्‍लो ठाउँमा बस, र मेजमानले आएर तिमीलाई भन्‍नेछ, ‘ए मित्र, माथि गएर बस्‍नोस्‌।’ त्‍यस बेला तिमीसँग खान बस्‍नेहरूका सामुन्‍ने तिम्रो इज्‍जत हुनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर तिमीले निम्तो पाएपछि सबैभन्दा तल्‍लो स्थानमा बस; तब निम्तो दिने व्यक्ति आएर तिमीलाई भन्‍नेछ, ‘ए मित्र, माथि सरेर राम्रो स्थानमा बस्‍नुहोस्।’ तब तिमीसँग भोजमा बस्‍नेहरू सबैका अगि तिमीलाई आदर हुनेछ।
Nepali ERV (पवित्र बाइबल)
यसकारण जब कुनै मानिसले तिमीलाई निम्त्याए भने गएर निम्न स्तरीय आसन ओगट। तब त्यो तिमीलाई निम्त्याउने मानिस आएर भन्नेछ, ए मित्र, अतिथिहरूले तिमालाई सम्मान गर्नेछन्।
Nepali Tamang 2011
थेतबासेलमा एसे निम्‍तो याङ्बा धुइरी निसी जम्‍मान भन्‍दा धिला ग्‍लारी चिउ। जमाहेन्‍से एदा निम्‍तो पिन्‍बा म्‍हि खसी ‘तोर धन्‍छ्‌यागो’ भिसी मुल ठिरी चिपुङ्ला। थे धुइरी एदेन छ्‌याम चबा थुङ्बारी चिबागदेला ओन्‍छाङरी एसे मान याङ्ला।