Luke 14:18 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर ती निम्तालुहरूले एक-एक वटा बहाना गरेर आउन मानेनन्। एउटाले भन्यो, ‘मैले खेत किनेको छु, त्यो हेर्न जानुछ। मलाई माफ गर्नुहोस्, म आउन सक्दिनँ।’
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“तर तिनीहरू सबैले समान रूपले एकनासको बहाना बनाउन लागे। पहिलोले त्यसलाई भन्यो, ‘मैले एउटा खेत किनेको छु, मलाई त्यो हेर्न जानुपरेको छ। म बिन्ती गर्दछु, मलाई माफी होस्।’
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“तर तिनीहरू सबैले समान रूपले एउटा-एउटा बहाना बनाउन लागे। पहिलोले भन्यो, ‘मैले भर्खरै एउटा जमिन किनेको छु, र म त्यो हेर्न जानुपर्छ; कृपया मलाई माफ गर्नुहोस्।’
Nepali ERV (पवित्र बाइबल)
तर सबै पाहुनाहरूले भने कि तिनीहरू जान असमर्थ थिए। प्रत्येकले एक एक वहना बनाए। पहिलो मानिसले भन्यो, मैले भर्खरै एउटा खेत किनेकोछु, यसर्थ यसलाई हेर्ने म जानै पर्छ। दया गरी माफ गर्नुहोस्।
Nepali Tamang 2011
तर निम्तो याङ्बा जम्मान म्हिगदेसे निउ गिक गिक लसी चुह्रङ् भिबारी छ्याइजी, ‘गिकसे चा ङाइ बु ग्लुबा मुला थे च्याबारी नितोःला। थेतबासेलमा ङादा माफ लउ, ङा खआम्याङ्’ भिसी भिजी।