Luke 14:21 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
नोकरले फर्केर सबै कुरा मालिकलाई सुनायो। रिसले झोकिएर मालिकले भने, ‘झट्टै सहरका बाटो-घाटो र गल्‍लीहरूमा जाऊ। त्‍यहाँबाट गरीब, लुला-लङ्गडा र अन्‍धाहरूलाई बोलाएर यहाँ ल्‍याऊ।’
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“तब नोकरले आएर आफ्‍नो मालिकलाई यो कुरा भनिदियो। तब घरको मालिकले रिसाएर आफ्‍नो नोकरलाई भन्‍यो, ‘सहरका सड़कहरू र गल्‍लीहरूमा चाँड़ो जा, र गरीबहरू, लुलाहरू, अन्‍धाहरूलाई, लङ्गड़ाहरूलाई यहाँ भित्र ले।’
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“सेवक फर्केर आयो र मालिकलाई यसको खबर दियो। तब घरका मालिक रिसाए, र आफ्नो सेवकलाई आज्ञा दिए, ‘झट्टै बाहिर सहरका सडक र गल्‍लीहरूमा जाऊ। अनि गरिब, कुँजा, दृष्‍टिविहीन र लुला-लङ्गडाहरूलाई यहाँ भित्र ल्याऊ।’
Nepali ERV (पवित्र बाइबल)
त्यसपछि त्यो नोकर र्फकियो। त्यसले आफ्नो मालिकलाई वृतान्त सुनायो। मालिक अत्यन्तै रिसायो अनि भन्यो, चाँढो गर। शहरका गल्ली र साँघुरो बाटो तिर जाऊ अनि गरीब मानिसहरू, लङ्गडा र अन्धो तथा लुलाहरूलाई ल्याऊ।
Nepali Tamang 2011
नोकरसे चु ताम ह्राङला मालिकदा पाङ्माहेन्‍से दिमला मालिक बोमो खसी ‘ए शहरला ग्‍यामदेन गल्‍लीगदेरी निसी थेरी मुबा जम्‍मान प्राङबो, कुज्‍यादेन मी आम्राङ्बागदेदा ङ्‌योइसी चुरी भउ’ भिसी कुल्‍जी।