Luke 14:28 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“यदि कसैले धरहरा बनाउन चाहन्छ भने पैसाले पुग्छ कि पुग्दैन, कति खर्च लाग्छ, सबै हिसाब पहिले नै गर्नुपर्छ, होइन र?
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“तिमीहरूमध्ये कसैले एउटा धरहरा बनाउने इच्छा गर्छ भने, त्यो धरहरा बनाई सिद्धयाउने खर्च आफूसित छ कि छैन भनी के त्यसले पहिले नै बसेर हिसाब लाउँदैन र?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“मानौँ तिमीहरूमध्ये कसैले एउटा धरहरा बनाउने इच्छा गर्यो भने त्यो सिद्ध्याउन पर्याप्त खर्च आफूसित छ कि छैन भनी के पहिले नै बसेर अनुमानित हिसाब गर्दैन र?
Nepali ERV (पवित्र बाइबल)
यदि तिमी एउटा भवन बनाउन चाहन्छौ भने, तिमीले पहिले बसेर त्यो बनाउनलाई कति खर्च लाग्ने हो त्यसको छलफल गर्नु पर्छ। भवनको काम पूरा सिध्याउनलाई त्यत्ति तिम्रोमा भएको पैसाले पुग्छ पुग्दैन त्यो हेर्नु पर्छ।
Nepali Tamang 2011
“चुदे एनीगदे न्हङरी खालै म्हिसे धरहरा स्होबा सेम लसम थेसे धरहरा स्होसी जिन्बाधोना गाते खर्च निला भिसी ङाच्छान हिसाब लतोःला।