Luke 14:5 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यसपछि येशूले तिनीहरूलाई भन्नुभयो, “तिमीहरू कसैको छोरा-छोरी वा गाई-गोरु पवित्र विश्रामको दिन कुवामा परे भने के त्यसलाई झट्टै निकाल्दैनौ र?”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब उहाँले तिनीहरूलाई भन्नुभयो, “तिमीहरूमध्ये कसले आफ्नो गोरु वा गधा शबाथ-दिनमा इनारमा खस्यो भने त्यसलाई झट्टै निकाल्दैन?”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसपछि उहाँले तिनीहरूलाई सोध्नुभयो, “तिमीहरूमध्ये कसैको छोरा वा गोरु छ र त्यो शब्बाथमा इनारमा खस्यो भने के तिमीहरूले झट्टै त्यसलाई निकाल्दैनौ र?”
Nepali ERV (पवित्र बाइबल)
येशूले फरिसीहरू र व्यवस्थाका शास्त्रीहरूलाई भन्नुभयो, “यदी तिमीहरूको पुत्र अथवा काम गर्ने गोरू कि गधा विश्रामको दिन कुवामा जाकिए त्यलाई झटै निकाल्दैनौ र?”
Nepali Tamang 2011
जमाहेन्से येशूसे थेनीगदेदा “ब्लप्बा न्हबा धिनकुनु एनीगदेला कोलागदे अथवा ग्लाप इनार न्हङरी ताइजी भिसम तिग एनीगदेसे तुरुन्तन आतेःना चिला?” भिसी सुङ्मा,