Luke 14:9 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
ऊ आइपुग्‍दा निम्‍तो दिनेले ‘यहाँलाई ठाउँ देओ’ भनेर तिमीलाई बसेको ठाउँबाट उठाउलान्। त्‍यस बेला तिमी लाजले रातो भएर सबैभन्दा तल बस्‍नुपर्ला।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिमीलाई र तिनलाई निम्‍तो दिने मेजमानले आएर तिमीलाई भन्‍नेछ, ‘यिनलाई बस्‍ने ठाउँ देऊ,’ र तिमीचाहिँ लज्‍जित भएर सबैभन्‍दा तल्‍लो स्‍थानमा बस्‍नुपर्नेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यदि त्यसो रहेछ भने तिमीहरू दुवैलाई निम्तो दिने व्यक्तिले आएर तिमीलाई भन्‍नेछ, ‘तिमी बसेको आसन उहाँलाई देऊ।’ तब तिमी लज्जित भएर सबैभन्दा तल्‍लो स्थानमा बस्‍नुपर्नेछ।
Nepali ERV (पवित्र बाइबल)
अनि यदि तिमी आसनमा बसिरहेकाछौ भने निम्त्याउने मानिसले तिमीलाई भन्नेछ, यो मानिसलाई तिम्रो आसन देऊ। तब अन्तिम आसनमा गएर तिमीले बस्नु पर्नेछ।
Nepali Tamang 2011
एदेन थेदा निम्‍तो पिन्‍बा म्‍हि खसी ‘चु ग्‍लारी थेदा चिपुङ्‍गो’ भिसी एदा चिबा ग्‍लाग्‍याम रेःपुङ्ला। जमा ए पेःसी जम्‍मान भन्‍दा धिरी चितोःला।