Luke 15:20 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यसपछि ऊ उठेर बुबाकहाँ फर्क्यो। “बुबाले उसलाई टाढैबाट आइरहेको देखे। उनको हृदय मायाले भरिएर आयो र उनी छोरालाई भेट्न दगुरे र खुसी हुँदै छोरालाई अँगालो हालेर म्वाइँ खाए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब त्यो उठेर आफ्ना बाबुकहाँ गयो। “तर त्यो धेरै टाढ़ा छँदा त्यसका बाबुले त्यसलाई देखे, र तिनी दयाले भरिए, र दौड़ेर गई त्यसलाई अँगालो हालेर त्यसलाई चुम्बन गरे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि त्यो उठेर आफ्नो बुबाकहाँ गयो। “तर ऊ धेरै टाढामै थियो, तब त्यसका बुबाले त्यसलाई आइरहेको देखेर तिनी त्यसप्रति दयाले भरिए; तब तिनी आफ्नो छोराकहाँ दगुर्दै गई त्यसलाई अँगालो हालेर चुम्बन गरे।
Nepali ERV (पवित्र बाइबल)
यसरी त्यो केटो उठयो अनि आफनो बाबु भेट्न गयो। “जब निकै पर देखि उ आँउदै थियो, त्यसको बाबुले देखे अनि आफ्नो छोरोप्रति बाबूको मनमा खुबै दया जाग्यो। अनि बाबु छोरो भएकहाँ दगुर्दै गएर अँगालो हाले औ म्वाँई खाए।
Nepali Tamang 2011
“जमाहेन्से थे आबा मुबा ग्लारी निजी। आबासे थेदा थारेङग्याम खबान लबा म्राङ्सी थेला सेमरी दया रेःजी। ओच्छे ताङ्सी झादा स्याप्बारी यार्बान निसी झादा हाप ख्वाइसी च्योक लजी।