Luke 15:22 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर बुबाचाहिँले नोकरहरूलाई बोलाएर भने, ‘झट्टै सबभन्दा राम्रो लुगा, औँठी र जुत्ता ल्याएर यसलाई लगाइदेओ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“तर बाबुचाहिँले आफ्ना कमाराहरूलाई भने, ‘झट्टै सबैभन्दा असल वस्त्र ल्याएर यसलाई पहिराइदेओ। यसको हातमा औँठी, र खुट्टामा जुत्ता लगाइदेओ,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“तर बुबाले आफ्ना सेवकहरूलाई भने, ‘छिटो गर! सबैभन्दा असल लुगा ल्याएर यसलाई पहिराइदेओ। यसको हातमा औँठी र खुट्टामा जुत्ता लगाइदेओ।
Nepali ERV (पवित्र बाइबल)
तर उसको बाबुले उसको नोकरहरूलाई अह्राए, चाँडो राम्रा-राम्रा लुगाफाटा ल्याऊ अनि यसलाई लगाई देऊ। हातमा औंठी पनि लगाईदेऊ अनि खुट्टामा जुत्ता पनि लगाईदेऊ।
Nepali Tamang 2011
तर आबासे ह्राङला नोकरगदेदा ङ्योइसी चुह्रङ् भिजी, ‘जम्मान भन्दा ज्यबा क्वान, च्यापदेन लखम योना भसी चुदा क्वान्सी पिन्गो।