Luke 15:29 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर उसले बुबालाई यसरी जवाफ दियो, ‘यति वर्षदेखि मैले तपाईंको नोकरजस्‍तै भएर काम गरें। तपाईंले दिनुभएको सबै आज्ञा मैले मानेको छु। तर मलाई चाहिँ कहिले पनि साथीहरूसँग मिलेर खान एउटा पाठोसम्‍म पनि दिनुभएन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर त्‍यसले बाबुलाई भन्‍यो, ‘हेर्नुहोस्, यतिका वर्ष मैले तपाईंको सेवा गरिरहेछु, अनि तपाईंको आज्ञा कहिल्‍यै उल्‍लङ्घन गरिनँ, तापनि मैले आफ्‍ना साथीहरूसँग आनन्‍द मनाउन तपाईंले मलाई एउटा पाठो पनि कहिल्‍यै दिनुभएन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर त्यसले आफ्नो बुबालाई जवाफ दियो, ‘हेर्नुहोस्! यतिका वर्षसम्म मैले तपाईंको सेवा गरिरहेको छु। अनि तपाईंका आज्ञा कहिल्यै उल्‍लङ्घन गरिनँ; तापनि मैले मेरा साथीहरूसँग आनन्द मनाउन तपाईंले मलाई एउटा पाठोधरि कहिल्यै दिनुभएन।
Nepali ERV (पवित्र बाइबल)
त्यो छोरोले बाबुलाई भन्यो, मैले यत्रो र्वषसम्म नोकर झै तपाईंको सेवा गरें। मैले सधैं तपाईंको आज्ञा पालन गरें। तर मेरो निम्ति तपाईंले एउटा सानो पाठो सम्म दिनु भएन ताकि म मेरा मित्रहरूसंग भोज मनाउँन सक्थें।
Nepali Tamang 2011
तर थेसे आबादा ‘च्‍यागो, ङाइ चुदे दिङधोना ह्राङला नोकरसे ह्रङ् लसी जम्‍मान गे लसी ह्राङसे कुल्‍बा जम्‍मान तामएनोन ङ्‌यान्‍जी। तसैनोन ङाला ह्रोगदेदेन छ्‌याम ढिक्‍सी चबा थुङ्बा लबारी ह्राङसे ङादा खाइमै रा गिकधोना पिन्‍जी?