Luke 15:4 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“तिमीहरूमध्‍ये कसैको सय वटा भेडा होला। अब यी सय वटामा एउटाचाहिँ हरायो भने भेडाको धनीले के गर्ला? उसले उनान्‍सय वटालाई चरनमै छोडेर हराएको भेडालाई नभेटुञ्‍जेलसम्‍म खोजिरहँदैन र?
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“तिमीहरूमध्‍ये कुन मानिस होला, जसको एक सय भेड़ामध्‍ये एउटा हराउँदा उनान्‍सयलाई वनमै छोड़ेर हराएको भेड़ा नपाउञ्‍जेल त्‍यसको खोजी गर्दैन?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“मानौँ तिमीहरूमध्ये कसैको एक सय भेडाहरू छन् र तीमध्ये एउटा हरायो भने के उसले उनान्सयलाई खुला मैदानमै छोडेर हराएको भेडालाई नभेट्टाउन्जेल त्यसको खोजी गर्दैन र?
Nepali ERV (पवित्र बाइबल)
“तिमीहरूमध्ये कसैको सय वटा भेंडाहरू छन् अनि ती मध्ये एउटा हरायो, त्यो उनान्सय भेंडालाई छोडेर हराएको एउटा भेडा खोज्न जान्छ। त्यो भेडा जब सम्म पाउदैन ऊ खोजी रहने छ।
Nepali Tamang 2011
“एनीगदे खालै म्‍हिला ग्‍यार्जा गिक ग्‍यु न्‍हङरी गिक म्‍हाजी भिसम थेसे बोगल ब्‍लिसे च्‍युक कु ग्‍युगदेदा ख्‍लासी थे म्‍हाबा ग्‍यु आस्‍याप्‍तेधोना आम्‍हाइ? म्‍हाइला।