Luke 15:8 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
फेरि येशूले अर्को एउटा दृष्‍टान्‍त दिँदै भन्‍नुभयो, “एक जना स्‍त्रीसँग दश वटा चाँदीका मोहर थियो। उसले एउटा हराई। अब उसले के गर्छे होली? बत्ती बालेर, कूचो लगाएर त्‍यो हराएको मोहर नपाएसम्‍म धुइँधुइँती खोज्‍छे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“कुन स्‍त्री होली जसको दश चाँदीका सिक्‍कामध्‍ये एउटा हरायो भने बत्ती बालेर उसले त्‍यो नपाउञ्‍जेल घर बढ़ारिकन मेहनतसँग खोज्‍दिन?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“अथवा कुनचाहिँ स्त्री होली, जससँग दश वटा चाँदीका सिक्‍का छन्, र उसले एउटा सिक्‍का हराई; तब के त्यो सिक्‍का नभेट्टाउन्जेल उसले बत्ती बालेर घर बढारी-बढारीकन होसियारीसाथ खोज्दिन र?
Nepali ERV (पवित्र बाइबल)
“मानौ एउटी स्त्रीसँग दशवटा चाँदीका सिक्काहरू छन्, यदि उसले एउटा सिक्का हराई, त्यसले बत्ती बाल्छे अनि त्यो घरमा खोज्दै बढार्छे। जबसम्म उसले सिक्का पाउँदिन खुब ध्यानपूर्वक खोज्छे।
Nepali Tamang 2011
दोःसी येशूसे उखान गिकग्‍याम चुह्रङ् भिसी सुङ्जी, “खालै म्रिङम्‍हेमे गिकदेन छ्‌याम म्‍हुइला गोर च्‍युइ डबल मुबा। थे डबल च्‍युइ न्‍हङरी डबल गिक म्‍हाजी भिसम थेसे थे डबल आस्‍याप्‍तेधोना नाङसल म्रासी दिम साङसिङ लसी आम्‍हाइ? म्‍हाइला।