Luke 15:9 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मोहर भेटेपछि उसले आफ्‍ना साथी र छरछिमेकीहरूलाई बोलाएर भन्‍छे, ‘मेरो हराएको मोहर मैले पाएँ! अब आओ, हामी खुसी मनाऔं।’
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हराएको सिक्‍का पाएपछि उसले आफ्‍ना मित्रहरू र छिमेकीहरूलाई बोलाएर भन्‍छे, ‘मसँग रमाओ, किनभने मैले मेरो हराएको सिक्‍का पाएकी छु।’
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि जब उसले त्यो सिक्‍का भेट्टाउँछे, तब आफ्ना मित्रहरू र छिमेकीहरूलाई बोलाएर भन्छे, ‘आओ, मसँग रमाओ; किनकि मैले हराएको सिक्‍का भेट्टाएकी छु।’
Nepali ERV (पवित्र बाइबल)
अनि जब उसले त्यो हराएको सिक्का पाउँछे, उसले आफ्नो साथीहरू र छिमेकीहरूलाई बोलाएर भन्छे, मानिस खुशी होऊ किनभने मैले हराएको सिक्का पाएँ।’
Nepali Tamang 2011
ओच्‍छे थे म्‍हाबा डबल स्‍याप्‍माहेन्‍से थेसे ह्राङला ह्रोगदेदेन खिम्‍जेमगदेदा ङ्‌योइसी ‘एनीगदेएनोन ङा ह्रङ् लसी ताङ्‍गो। तिग्‍दा भिसम ङाइ ङाला म्‍हाबा डबल याङ्जी’ भिसी भिला।