Luke 16:15 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अनि येशूले तिनीहरूलाई भन्नुभयो, “तिमीहरू मानिसहरूको दृष्टिमा धर्मी देखिन त खोज्छौ, तर परमेश्वरले तिमीहरूको हृदय जान्नुहुन्छ। मानिसले उच्च ठानेका त्यस्ता कुराहरूलाई परमेश्वरले घिन मान्नुहुन्छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब उहाँले तिनीहरूलाई भन्नुभयो, “मानिसहरूका सामुन्ने आफैलाई धर्मी ठहराउने तिमीहरू नै हौ, तर परमेश्वरले तिमीहरूका हृदय जान्नुहुन्छ, किनकि मानिसहरूका बीचमा जे उच्च गनिएको छ, परमेश्वरको दृष्टिमा त्यो तुच्छ ठहरिन्छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उहाँले तिनीहरूलाई भन्नुभयो, “मानिसहरूका सामु आफैँलाई धर्मी ठहराउने तिमीहरू नै हौ, तर तिमीहरूका हृदय परमेश्वरले जान्नुहुन्छ। मानिसहरूका बीचमा जे उच्च ठानिएको हुन्छ, त्यो परमेश्वरको दृष्टिमा घृणित हुन्छ।
Nepali ERV (पवित्र बाइबल)
येशूले ती फरिसीहरूलाई भन्नुभयो, “तिमीहरू मानिसहरूको अघि भलादमीको स्वभाव देखाँउछौ। तिमीहरू भित्र के छ परमेश्वर जान्नु हुन्छ। जुन कुरो मानिसको लागि मूल्यवान छ परमेश्वरको निम्ति त्यसको केही मूल्य छैन।
Nepali Tamang 2011
ओच्छे येशूसे थेनीगदेदा “म्हिगदेला ओन्छाङरी ह्राङसे ह्राङदान ङनी ज्यबा म्हि हिन्ना भिसी भ्रबा एनीगदेन हिन्ना। तर परमेश्वरदा एनीगदेला सेम खाह्रङ्बा मुला भिसी था मुला। तिग्दा भिसम म्हिगदेसे घ्रेन भिसी म्हन्बा तामगदे परमेश्वरला लागिरी ल्हानान नइबा खबा ताम हिन्ना।