Luke 16:24 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उसले कराएर भन्यो, ‘हे पिता अब्राहाम, ममाथि दया गर्नुहोस्। लाजरसलाई उनको हातबाट एक थोपा पानी भए पनि मेरो मुखमा चुहाइदिनू भनेर पठाइदिनुहोस्। म यस आगोमा छटपटाइरहेको छु।’
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि उसले कराएर भन्यो, ‘हे पिता अब्राहाम, ममाथि दया गरेर लाजरसलाई पठाइदिनुहोस्, र त्यसले आफ्नो औँलाको टुप्पा पानीमा चोपेर मेरो जिब्रोलाई शीतल पारिदेओस्, किनकि म यस ज्वालामा भयङ्कर वेदना पाइरहेछु।’
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब उसले कराएर भन्यो, ‘हे पिता अब्राहाम, ममाथि दया गर्नुहोस्, र लाजरसलाई त्यसको औँलामा पानी चोपेर मेरो जिब्रोलाई शीतल पारिदिन यहाँ पठाइदिनुहोस्; किनकि म यस आगोको कठोर वेदनामा छु।’
Nepali ERV (पवित्र बाइबल)
त्यसले चिच्याएर भन्यो, ‘हे पिता अब्राहम, ममाथि दया गर्नुहोस्! लाजरसलाई मकहाँ पठाइदिनुहोस् ताकि त्यसले आफ्नो औंला पानीमा चोब्न सक्छ र मेरो जिब्रोलाई शीतल पारिदिओस्।’ किनभने यी ज्वालामा म कष्ट पाइरहेकोछु।’
Nepali Tamang 2011
ओच्छे थेसे क्रिङ्सी ‘आबा अब्राहाम, ङादा दया लसी लाजरसदा ङा मुबा ग्लारी पुइखउ। थेला या जुम्बी क्युइरी ब्लुम्सी ङाला लेरी थोपा गिक क्युइ ताइना लगै। तिग्दा भिसम ङा चुरी मेसे क्रोसी भोल्सी चिबा मुला’ भिसी भिजी।