Luke 16:25 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर अब्राहामले उसलाई भने, ‘छोरा, के तिमीलाई सम्झना छैन? जीवनमा तिमीले सबै सुखका कुरा पाएका थियौ, तर लाजरसले चाहिँ दुखै-दु:ख पाएको थियो। अहिलेचाहिँ लाजरसले यहाँ सुख र शान्ति पाएको छ र तिमीले चाहिँ त्यहाँ दु:ख पाइरहेका छौ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“तर अब्राहामले भने, ‘छोरो, याद गर्, तैंले आफ्नो जीवनकालमा असल-असल कुराहरू भोग गरिस्, र त्यसै गरी लाजरसले दुःखैदुःख भोग्यो। त्यो अब यहाँ आराममा छ, र तँचाहिँ कष्टमा छस्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“तर अब्राहामले जवाफ दिए, ‘छोरा, याद गर! तिमीले तिम्रो जीवनकालमा कैयौँ असल कुराहरू प्राप्त गर्यौ, तर लाजरसले दुःख मात्र पायो। तर अहिले उसले यहाँ आराम पाउँदैछ, र तिमीचाहिँ वेदनामा तड्पिरहेका छौ।
Nepali ERV (पवित्र बाइबल)
तर अब्राहमले भने, हे मेरो छोरो, सम्झ, तिमी कसरी बाँचिरहेका थियौ? तिम्रो जिवनमा दामीदामी धेरै चीजहरू थिए। लाजरसकोमा सबै नराम्रो चीजहरू मात्र थिए। अहिले त्यो यहाँ सुखमा छ, अनि तिमी चाँही कष्ट पाइरहेछौ।
Nepali Tamang 2011
“जमाहेन्से अब्राहामसे थेदा ‘झा, एसे तिग ढन्बा आरे? ए सोबा धुइरी ल्हानान सुख याङ्बा मुबा, तर लाजरससे चा ल्हानान दुख याङ्बा मुबा। दान्दे चा लाजरससे चुरी सुख शान्ति याङ्बा मुला, एसे चा दुख नासी चितोःबा मुला।